एचआईभी संक्रमित श्रेष्ठ पुगे सगरमाथा चुचुरोमा
काठमाडौं : एचआईभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन्। उनी बुधबार बिहान शिखरमा पुगेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले बताइन्। दुई जना शेर्पासहित उनी चुचुरोमा पुगेका हुन्।
११ वर्ष अघि एचआईभी संक्रमित भएका पोखराका ५१ वर्षीय श्रेष्ठले २०७२ सालमा पनि आरोहणको प्रयास गरेका थिए। आधार शिविरमा हुँदा भूकम्पका कारण उनी फर्किएका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?