गर्भपतनमा रोक लगाउने कानुनको विरोध
विभिन्न राज्यले गर्भपतनमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरेपछि विरोधमा अमेरिकाभर विरोध प्रदर्शन भएको छ। गर्भपतनमाथि प्रतिबन्ध वा त्यसलाई अति नै सीमित गर्ने सम्बन्धी कानुनको विरोधमा हजारौँ मानिस प्रदर्शनमा उत्रिएका हुन्।
रिपब्लिकन पार्टीको बाहुल्य रहेका राज्यहरूले गर्भपतनमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरिरहेका छन्।
अमेरिकामा सन् १९७३ मा सर्वोच्च अदालतको फैसलासँगै गर्भपतनले कानूनी मान्यता पाएको थियो। तर रिपब्लिकन बाहुल्य राज्यमा बनेका नयाँ कानूनले आफ्नो शरीरमाथिको निर्णय लिने अधिकार महिलाबाट खोसेको भन्दै विरोध भइरहेको हो।
गत साता अलाबामा राज्यले गर्भपतनमाथि प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो। यस्तै अर्कान्सस, जर्जिया, केन्टुकी, मिजोरी र ओहायो राज्यले पनि यस्तै कानुन पारित गरेका छन्। यो वर्षको सुरुमा सर्वोच्च अदालतले लुजियाना राज्यमा गर्भपतनमाथि प्रतिबन्ध लगाउने कानुन लागु गर्न रोक लगाएको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?