सुत्के रीलाई निःशुल्क एम्बुलेन्स सेवा
दाङ : राजपुर गाउँपालिकाले सुत्के रीलाई एम्बुलेन्स सेवा निःशुल्क गरेको छ। जिल्लाको विकट क्षेत्र मानिने राजपुरमा घरमै बच्चा जन्माउने प्रचलन अझै नहटेकाले सुत्केरीलाई स्वास्थ्य संस्थामा पुग्न प्रोत्साहन गर्न निःशुल्क गर्न थालिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले बताए।
स्थानीय स्वास्थ्य चौकीमा सेवा लिन आउने र जानेका साथै बाहिर जिल्लासम्म लैजानु परे पनि एम्बुलेन्स निःशुल्क गरिएको उनले बताए। घरमै सुत्केरी हुँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्ने भएकाले यस्तो कार्य शुरु गरिएको गाउँपालिकाले जनाएको छ।
यो गाउँपालिकामा रहेका दुईवटा स्वास्थ्य संस्थामा यस वर्ष २२६ ले बच्चा जन्माएकोमा ४९ एम्बुलेन्समार्फत सुविधासम्पन्न अस्पतालमा पठाइएको थियो। राजपुर स्वास्थ्य चौकीमा अहिले सम्म १३३ र बे ला स्वास्थ्य चौकीमा ९३ जनाले बच्चा जन्माएका थिए।
गाउँपालिकाले एम्बुले न्स सेवा निःशुल्क गरे पनि यो सेवा उपभोग गर्नबाट विकट बस्तीका नागरिक भने अझै वञ्चित छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?