Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

फेरि अनशन बसेर डिक्कीले केटाकेटीपन देखाइन् : नर्सिङ संघकी अध्यक्ष पोखरेल

फेरि अनशन बसेर डिक्कीले केटाकेटीपन देखाइन् : नर्सिङ संघकी अध्यक्ष पोखरेल

काठमाडौं : नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. तारा पोखरेलले नर्स डिक्की शेर्पाले ‘केटाकेटीपन देखाएको’ टिप्पणी गरेकी छिन्।
पोखरेलले नर्स शेर्पाले एकपटक अनशन तोडेर पुनः अनशन जारी रहेको भ्रम फिँजाएको आरोप लगाइन्।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी, आफू स्वयं र नर्सका प्रतिनिधिबीच सहमति भई अनशन तोडेर पुनः अनशन जारी राख्नुमा के रहस्य छ भनी प्रश्न गरिन्। ‘शुरुमा सहमत छु भनेर अनशन तोड्ने अनि पछि फेरी मलाई भुुक्काइयो भन्ने!’, उनले भनिन्, ‘यसरी त हामीले पनि कसरी मध्यस्थता गर्न सक्छौँ।’

नर्सहरूको मुख्य माग लोकसेवा आयोगले लिएको परीक्षामा यदि कोही कर्मचारी अनुत्तीर्ण भए भने पनि अस्पतालमा करार कर्मचारीका रूपमा भोलिपल्टदेखि नै काममा राख्ने भन्ने माग पूरा भइसकेको पोखरेलले बताइन्। तीसँगै अन्य मागमा पनि सहमति भइसकेको भन्दै उनले नर्सहरूले अझै के माग राखेको हो भन्ने बुझ्न नसकेको बताइन्।

‘अब नर्सिङ संघले कसरी पहल गर्छ’ भन्ने प्रश्नमा पोखरेलले संघले अब नर्स शेर्पाका लागि केही गर्न नसक्ने बताइन्। ‘आफैँ सहमति गर्ने, अनि भोलिपल्ट मैले गरेकै छैन भन्नेसँग हामीले कसरी वार्ता र सहमति गर्न सक्छौँ?’, उनले भनिन्, ‘मैले नै उहाँलाई जुस खुवाएर अनशन तोडियो भनेर आएकी हुँ। अहिले सुन्दैछु फेरी अनशन बस्नु भएको छ रे!’

यता समग्र नर्सको विकास र उत्थानका लागि भन्दै अनशन बसेकी नर्स जिता बरालका मागहरू भने जायज भएको भन्दै त्यसका लागि स्वास्थ्य मन्त्रालयसँग कुरा भइरहेको पोखरेलले जानकारी दिइन्। ‘आजै स्वास्थ्य राज्यमन्त्रीसँग कुरा गर्न आएका थियौँ। तर उहाँ काठमाडौं बाहिर जानुभएको रहेछ’, उनले भनिन्, ‘ त्यसैले कुरा हुन पाएन। हामी कुराकानी गरेर उहाँका मागका लागि पहल गर्दैछौँ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि