नगरवासीलाई निरोगी बनाउन योग अभ्यास
मुगु : धेरै मानिसको स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि छायानाथ नगरपालिकाले योगाभ्यास सञ्चालनमा ल्याएको छ।सर्वसाधारणको स्वास्थ्यस्तर दिनप्रतिदिन खस्किँदै गएको भन्दै नगरपालिकाभित्र योगाभ्यास सञ्चालन गरिएको हो।
स्थानीयवासीको जीवनशैलीमा सुधारका लागि नगरपालिकाको आर्थिक र प्राविधिक सहयोग तथा गमगढी पतञ्जलि योग समितिको सहकार्यमा नगरपालिकाका सबै नागरिकमा योगमार्फत स्वास्थ्य सुधार र सकारात्मक सोचाइ विकास गर्ने उद्देश्यले योग कार्यक्रम शुरु गरिएको नगरप्रमुख हरिजङ्ग शाहीले बताए।
नगरपालिकाका सबै बस्तीका मानिसको स्वस्थ जीवन बनाउनका लागि सबै बस्तीमा तीन दिनको योग शिविर सञ्चालन गरिएको मुगु जिल्ला पतञ्जलि योग समितिका अध्यक्ष जयबहादुर मल्लले जानकारी दिए।
जिल्लाका चार स्थानीय तहमध्ये छायानाथ एक मात्र नगरपालिका हो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?