ज्येष्ठ नागरिकको उपचार घर घरमै
रामपुर : पाल्पाको पूर्वखोला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार गर्न शुरु गरेको छ। गाउँपालिकाभित्र रहेका ८० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न नसक्ने, शारीरिक हिसाबले कमजोर हुने कारणले घरमै पुगेर उपचार गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए।
गाउँपालिकाभरिका करीब ३०० हाराहारीमा रहेका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उपचार सेवा दिने गाउँपालिकाको योजना छ। गाउँपालिकाभरिका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई परिचालन गरेर परीक्षण गरिएको र आवश्यकताअनुसार औषधि वितरण गरिएको छ। ज्येष्ठ नागरिकलाई च्यवनप्राशसमेत वितरण गरिएको छ।
पहिलो दिनमा वडा नं ३ का ७१ वृद्धवृद्धालाई उपचार सेवा दिएको गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराईले बताइन्। छ स्वास्थ्यकर्मीको टोली स्वास्थ्य परीक्षणमा खटाएको गाउँपालिकाले जनाएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य