Health TV Online
Health TV Online

एसियन फर्मास्युटिकल्समा भीषण आगलागी

एसियन फर्मास्युटिकल्समा भीषण आगलागी

बुटवल : रूपन्देहीको ओमसतिया गाउँपालिका कटैयास्थित एसियन फर्मास्युटिकल्स प्रालिमा सोमबार भीषण आगलागी भएको छ। उद्योगको नयाँ भवनमा रहेको औषधि गोदाममा आगलागी भएको हो।

उत्पादन गरेर स्टोर गरेको स्थानमा आगलागी हुँदा  करिब ५० करोड रुपैयाँबराबरकोक्षति भएको प्रबन्ध निर्देशक हुतानन्द खनालले बताए। सोमबार दिउँसो ४ बजेतिर लागेको आगो राति १० बजे मात्र नियन्त्रणमा आएको थियो।

नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, स्थानीयबासी , उद्योगका कर्मचारीसँगै रुपन्देही र कपिलबस्तुका बाणगंगा, सिद्धार्थनगर, बुटवल र तिलोत्तमा सातवटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार