मुगुमा बन्दै सुविधासम्पन्न जिल्ला अस्पताल
मुगु : ५० शय्याको जिल्ला अस्पताल निर्माण भइरहेको छ। कोरियाली सहयोग नियोग (कोइका)को २५ करोड रुपैयाँ आर्थिक सहयोगमा भवनको करिब ९५ प्रतिशत काम पूरा भएको जिल्ला अस्पताल मुगुले जनाएको छ।
२०७३ साउन अन्तिम सातादेखि निर्माण थलिएको अस्पताल भवनको रंगरोगन गर्ने काम मात्र बाँकी रहेको बताइएको छ। २०७६ वैशाखभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको काम भए पनि सडक बन्द, सामना ढुवानीमा समस्याका कारण पुस मसान्तमा मात्र निर्माण सकिने कोइकाका कन्ट्रक्सन इन्जिनियर मक्रबहादुर स्वाँरले बताए ।
तीनतले अस्पातल भवन ६० कोठाको छ। अपाङ्गमैत्री, पर्याप्त शौचालय र पर्याप्त पार्किङ सुविधासहितको भवन रहेको कोइकाले जनाएको छ। अस्पताल भवन निर्माणपछि शल्यक्रिया र जटिल प्रकारका रोगको उपचार जिल्लामै गर्ने जिल्ला अस्पताल मुगुले जनाएको छ।
भवन निर्माणपछि २० करोड रुपैयाँ बराबरको उपकरण राखिने जनाइएको छ। एक्सरे, भिडियो एक्सरे, ल्याबलगायत जटिल रोगको शल्यकृया गर्ने व्यवस्थासहित उपकरण खरिद गरी अस्पताललाई हस्तान्तण गरिने कोइकाले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण