Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मुगुमा बन्दै सुविधासम्पन्न जिल्ला अस्पताल

मुगुमा बन्दै सुविधासम्पन्न जिल्ला अस्पताल

मुगु : ५० शय्याको जिल्ला अस्पताल निर्माण भइरहेको छ। कोरियाली सहयोग नियोग (कोइका)को २५ करोड रुपैयाँ आर्थिक सहयोगमा भवनको करिब ९५ प्रतिशत काम पूरा भएको जिल्ला अस्पताल मुगुले जनाएको छ।

२०७३ साउन अन्तिम सातादेखि निर्माण थलिएको अस्पताल भवनको रंगरोगन गर्ने काम मात्र बाँकी रहेको बताइएको छ। २०७६ वैशाखभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको काम भए पनि सडक बन्द, सामना ढुवानीमा समस्याका कारण पुस मसान्तमा मात्र निर्माण सकिने कोइकाका कन्ट्रक्सन इन्जिनियर मक्रबहादुर स्वाँरले बताए ।

तीनतले अस्पातल भवन ६० कोठाको छ। अपाङ्गमैत्री, पर्याप्त शौचालय र पर्याप्त पार्किङ सुविधासहितको भवन रहेको कोइकाले जनाएको छ। अस्पताल भवन निर्माणपछि शल्यक्रिया र जटिल प्रकारका रोगको उपचार जिल्लामै गर्ने जिल्ला अस्पताल मुगुले जनाएको छ।

भवन निर्माणपछि २० करोड रुपैयाँ बराबरको उपकरण राखिने जनाइएको छ। एक्सरे, भिडियो एक्सरे, ल्याबलगायत जटिल रोगको शल्यकृया गर्ने व्यवस्थासहित उपकरण खरिद गरी अस्पताललाई हस्तान्तण गरिने कोइकाले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन