Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रत्यारोपण केन्द्रकी नर्स डिक्की भन्छिन्, मैले अनसन तोडेकै छैन्

प्रत्यारोपण केन्द्रकी नर्स डिक्की भन्छिन्, मैले अनसन तोडेकै छैन्

काठमाडाैं : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी नर्स डिक्की शेर्पाले आफूले अनसन नतोडेको बताएकी छिन्।

उनले आफू होसमा नभएका बेला जबरजस्ती जुस खान लगाएर अनसन बिथोलेको भन्दै आफनो अनसन जारी रहेको बताएकी हुन् । उनले भनिन, ‘मलाई निद्राको औषधि दिइएको थियो त्यसैले मैले के हुँदैछ भन्ने नै थाहा पाइन ।’ अनसन तोड्ने बेलामा केही पढेर सुनाए जस्तो लाग्छ तर धेरै याद छैन् । त्यही बेला जुस पनि खुवाएछन्।

मैले आफूले राजीखुशी सहमती गरेको हैन त्यसैले अनसन पनि जारी छ । मलाई झुक्काइयो , उनले भनिन। आफू होसमा आएपछि बल्ल अनसन तोडेको भन्ने हल्ला भएको थाहा पाएँ उनले भनिन्। मेरो अनसन तोडिएको छैन भनेर उनले सामाजिक सन्जालमा समेत भिडियो सेयर गरेकी छिन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि