ज्येष्ठ नागरिकलाई घरदैलोमै उपचार सेवा
म्याग्दी : शारिरीक अशक्तताका कारण स्वास्थ्य संस्थामा गएर उपचार गराउन नसक्ने ज्येष्ठ नागरिकलाई लक्ष्य गरी रघुगङ्गा गाउँपालिकाले घरदैलोमै स्वास्थ्योपचार सेवा शुरु गरेको छ।
गाउँपालिकाको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई घर आँगनमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र आयुर्वेद औषधि वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए।
आयुर्वेद शाखाका प्रमुख कविराज लक्ष्मण शर्मा चालिसेसहितको टोलीले गाउँपालिकाका वडा नं. ५ झीँ, वडा नं. ६ पाखापानी, ७ चिमखोला र वडा नं ८ कुइनेमङ्गलेका १५० भन्दाबढीको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको हो।
वृद्धवृद्धा र अशक्तको सेवाका लागि सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सबै वडामा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष भण्डारीको भनाइ छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?