कुकुरको टोकाइका घाइते बढे
महोत्तरी : जिल्ला अस्पताल जलेश्वरमा कुकुरको टोकाइका घाइते बढेका छन्। उक्त अस्पतालको आकस्मिक कक्षका अनुसार अहिले दैनिक १० भन्दा बढी कुकुरले टोकेका घाइते उपचारका लागि आउने गरेका छन् ।
डा. मृत्युञ्जयकुमार ठाकुरका अनुसार बढ्दो गर्मीसँगै कुकुर असामान्य हुने र तिनको सम्पर्कमा जाने जो केहीलाई टोक्ने भएकाले जिल्ला अस्पतालमा दिनदिनै कुकुरले टोकेका घाइतेको चाप बढेको हो ।
जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाको विभिन्न गाउँबाट कुकुरले टोकेका घाइते आउनुका साथै जलेश्वर अस्पतालमा भारतीय क्षेत्रका प्रभावित व्यक्तिसमेत उपचारका लागि आउने गरेका अस्पतालका प्रमुख डा. राजीव झाले बताए। उनका अनुसार अप्रत्यासितरूपमा कुकुरले टोकेका घाइते बढेपछि अहिले त्यस्ता व्यक्तिलाई चिकित्सकले विशेष सेवा दिइरहेका छन्।
अस्पतालमा कुकुरले टोकेका प्रत्येक घाइतेलाई रेविज लाग्न नदिन घाउको अवस्थाअनुसार जनही तीनदेखि पाँच भाइल (डोज) प्रोफालेक्सिस नामक एन्टिरेबिज भ्याक्सिन दिनुपरेको जिल्ला प्रमुख झाले जानकारी दिए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य