स्वास्थ्य बिमामा आबद्ध हुनेलाई एक लाखसम्मको उपचार
काठमाडौं : स्वास्थ्य बिमामा आबद्ध हुनेले एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउन थालेका छन्। जेठअघि स्वास्थ्य बिमा आबद्ध हुनेले वार्षिक ५० हजार रुपैयाँसम्मको मात्रै उपचार सुविधा पाउँदै आएका थिए।
दुई महिनाअघि पारित भएको स्वास्थ्य बिमा नियमावलीले तोकेको सुविधा यसअघि नै २०७६ जेठदेखि लागु हुने भएपछि स्वास्थ्य बिमामा आबद्ध भएकाहरूले उपचार सेवा पाउन थालेका हुन्। स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलका अनुसार बिमा लागु भएका ४५ जिल्लाका बिमितहरूलाई एक लाखबराबरको सेवा सुविधा दिन थालिएको हो।
नियमावलीले ५० हजार रुपैयाँसम्मको उपचार सुविधालाई बढाएर एक लाख पुर्याएको थियो। यस्तै, वार्षिक तिर्नुपर्ने रकम (प्रिमियम) प्रतिपरिवार दुई हजार पाँच सयबाट बढाएर तीन हजार पाँच सय पुर्याएको छ। नियमावलीले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई एक लाख रुपैयाँसम्मको बिमा निःशुल्क गरिदिने व्यवस्था गरेको छ।
त्यसअघि वार्षिक दुई हजार पाँच सय रुपैयाँ प्रिमियम तिरेर सदस्य बनेकाहरूले भने एकवर्षे अवधि नसकिँदासम्म वार्षिक ५० हजार रुपैयाँसम्मको सुविधा पाउने बताइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?