रकम अभावमा हुन सकेन मिर्गौला रोगी पूर्वखेलाडीको उपचार
विराटनगर : मिर्गौला प्रत्यारोपणका लागि खर्च जुटाउन नसक्दा पूर्वखेलाडी केदार कटवाल जीवन मरणको दोसाँधमा छन्। मोरङको कानेपोखरी गाउँपालिका– १ होक्लाबारी घर भएका दुवै मिर्गौला खराब भएपछि दुई वर्षयता डायलासिस गराइरहेका छन्।
कट्वाल पूर्व भलिबल खेलाडी हुन्। १२ वर्ष जिल्लास्तरीय टोलीबाट प्रतिस्पर्धा गरेका उनले केही समय प्रशिक्षक पनि भएका थिए। कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारीमा गएर फर्किएका थिए।
नोबेल मेडिकल कलेज विराटनगरमा हप्ताको दुई पटक डायलासिस गराइरहेका उनी निःशुल्क हुने डाइलसिसका लागि आवश्यक पर्ने किड किन्न पनि नसक्ने अवस्थामा पुगेका छन्। श्रीमती देवीमाया मिर्गौला दिन तयार भए पनि प्रत्यारोपण गर्न खर्च नभएको उनी बताउँछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण