प्रत्यारोपण केन्द्रका नर्स र अस्पतालबीच १० बुँदे सहमति,आन्दोलन स्थगित
काठमाडौं : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरुले आफ्ना आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् । आइतबार दश बुँदे सहमति भएपछि केन्द्रकी नर्स डिक्की शेर्पाले दश दिने अनशन तोडेकी छिन्।
शेर्पालाई नर्सिङ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेल, नेपाल शेर्पा महिला संघकी अध्यक्ष मिङमी शेर्पा, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारीक दिलीप लामिछानेले जुस खुवाएर अनशन तोडाएका थिए ।
अनशनरत नर्ससँग सहमतिका लागि संयोजन भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले गरेका थिए । दश बुँदामा सहमतिसँगै लोकसेवाको परीक्षा पछि केन्द्रमा कार्यरत नर्सहरुले सेवामा निरन्तरता पाउने भएका छन्।
लोक सेवाको परीक्षामा असफल भएपनि त्यहाँ कार्यरत नर्सहरुलाई सेवामा खटाइने र रोजगारीमा निरन्तरता दिइने भएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य