अनसनरत नर्सका पक्षमा डा. गोविन्द केसीले निकाले विज्ञप्ति
काठमाडौं : त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले आमरण अनसनमा बसेका दुई जना नर्सको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । डा केसीले आइतबार विज्ञप्ति जारी गर्दै पेशागत न्यायको माग गर्दै नर्सहरु अनसन बसेको भन्दै नर्सहरुको माग पूरा गर्न आग्रह गरेका हुन्।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरुको मागलाई लिएर दुई जना नर्स जिता बराल र डिक्की शेर्पा १० दिनदेखि अनसन बसेका छन्।
अनसनरत नर्सहरुको स्वास्थ्य अवस्था बिग्रदै जाँदा पनि सरकारले वास्ता नगरेको भन्दै उनले सरकारलई बेलैमा गम्भीर हुन विज्ञप्ति मार्फत आग्रह गरेका हुन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?