प्रसूति सिकाउन केयूमा ‘सिमुलेसन ल्याब’
काभ्रे : काठमाडौं विश्वविद्यालय केयू स्कुल अफ मेडिकल साइन्सेज धुलिखेल अस्पतालले महिला तथा प्रसूतिसम्बन्धी अत्याधुनिक ‘सिमुलेसन ल्याब’ शुरु गरेको छ।
विश्वविद्यालयमा ब्याचलर अफ मिडवाइफरी र एमएससी मिडवाइफरीका विद्यार्थीहरुको प्रयोगात्मक अध्ययनका लागि यो ल्याब सञ्चालनमा ल्याइएको हो। मुलुकमै पहिलोपल्ट महिला तथा प्रसूतिसम्बन्धी ल्याब स्थापना गरिएको केयूले दाबी गरेको छ। कृत्रिम मानव (मेन्क्विन) तथा मानव अङ्गका प्रतिरूप यो ल्याबमा छन्।
मानव अङ्गका प्रतिरूपमार्फत विद्यार्थीहरुले ल्याबमा रहेको ‘सिम मम्’ (मेन्क्विनबाट बनेकी आमा) बाट सिक्न सक्छन्। सिम ममले मानिसले झैं स्वास फेर्ने, मुटु चल्ने, कराउने, चिच्याउने सबै गर्न सक्छ । यसमा सबै कामहरु कन्ट्रोल रुमबाट हुन्छ। सिमुलेसन हेल्थकेयर प्रशिक्षक डा.अस्मिता आचार्यका अनुसार सिमुलेसन ल्याबमा रहेर विद्यार्थीहरूले एउटै समस्याको समाधानका लागि धेरै पटक प्रयोगात्मक अभ्यास गर्न सक्नेछन्
सिमुलेसन ल्याबमा एक पटक गल्ती भयो भने पनि ल्याबको टीममा बसेर पुनः प्रक्रिया सुरु गराइनेछ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?