जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण
कालिकोट : खाँडाचक्र नगरपालिकाले ‘जेष्ठ नागरिकसँग मेयर’ कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण शुरु गरेको छ।
सदरमुकाममै पर्ने यो नगरपालिकाले वडा नं. १ देखि ११ सम्मका ६० वर्षमाथिका सबै जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न लागेको हो।
नगरपालिकाले जेष्ठ नागरिकहरुको स्वास्थ्य संरक्षण तथा बिरामीको उपचारका लागि यो कार्यक्रम बनाएको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाले जानकारी दिएको छ।
शाखाप्रमुख रवीन्द्र सेजुवालका अनुसार कार्यक्रमका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ। नगरभित्रका ६० वर्षमाथिका सबैलाई निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गर्ने यस कार्यक्रमको लक्ष्य छ।
खाँडाचक्र नगरपालिका आयुर्वेद शाखा प्रमुख वरिष्ठ वैद्य लक्ष्मीप्रसाद पाण्डेले जेष्ठ हालसम्म पाँच वडाका ३४७ जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?