नसर्ने रोगका बिरामी बढे
सिन्धुली : जिल्लामा नसर्ने रोग लागेका बिरामीको संख्या बढेको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको तथ्यांकअनुसार मुटुरोग र क्यान्सरका बिरामी गत वर्षको तुलनामा यस वर्ष दोब्बर बढेको पाइएको हो।
गत आर्थिक वर्ष ०७४\७५मा मुटुरोगका बिरामी ४६ थिए भने यो आर्थिक वर्षमा ८५ पुगेको छ। क्यान्सर रोगको बिरामी गत आर्थिक वर्ष ०७४ \७५ मा ५३ थिए भने चालू आर्थिक वर्षमा ७४ पुगेको छ।
जिल्ला स्वास्थ्य कार्यलय सिन्धुलीका सूचना अधिकारी वीरेन्द्र मण्डलका अनुसार जिल्लामा मिर्गौला रोगका बिरामीको संख्या पनि बढेको छ। गत आर्थिक वर्षमा ३२ जना थिए। अहिले ५२ जना पुगेका छन्। स्पाइनल इन्जुरी र हेड इन्जुरी रोग लागेका बिरामी पनि बढेका छन्। स्पाइनल इन्जुरी रोगका बिरामी गत आर्थिक वर्षमा २४ जना थिए भने चालू आर्थिक वर्षमा ३२ जना पुगेका छन्। हेड इन्जुरी रोगका बिरामी गत आर्थिक वर्षमा १३ रहेकोमा अहिले १८ पुगेका छन्।
जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख शेरबहादुर कालिकोटेले नसर्ने रोग नियन्त्रण गर्नका लागि गाउँ गाउँमा जनचेतना अभिवृद्धि गर्ने बताए। नसर्ने रोगको विषयमा सिन्धुली जिल्ला भरका २०० जना स्वास्थ्यकर्मीका लागि चार दिने गोष्ठी सञ्चालनको तयारी गरिएको उनको भनाइ





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?