आयुर्वेद स्वास्थ्य शिविरमा लिए ३०० भन्दा बढीले सेवा
काठमाडौं : आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले सातै प्रदेशमा सञ्चालन गरेको नागरिक आरोग्य कार्यक्रमअन्तर्गत शनिबार बबई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ।
आयुर्वेद चिकित्सा महाशाखा प्रमुख डा मनकर्ण थापाले शिविरमा ३०० भन्दा बढी बिरामीको जाँच र औषधि वितरण गरिएको जानकारी दिए। शिविरमा धेरैजसो पायल्स, ग्यास्ट्रिक, स्त्री रोग, श्वासप्रश्वास र पत्थरीका बिरामी आएका थिए। आयुर्वेदिक जीवन पद्धतिबाट स्वस्थ नागरिक निर्माण गर्ने उद्देश्यका साथ शिविर आयोजना गरिएको व्यवस्थापक खीमराज रिजालले बताए।
पछिल्लो समय एलोपेथिक उपचार पद्धतिका कारण मानिसलाई औषधिको विभिन्न असर (साइड इफेक्ट) देखिने गरेकाले आयुर्वेदिक जीवन पद्धतिका लागि यस्तो कार्यक्रम आयोजना गरिएको डा. थापाले बताए।
गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीयवासीले निकै खुशी व्यक्त गरेका छन् । शिविरमा डा थापा, डा विजय भुर्तेल, डा नदन कँडेल, डा शारदा खनाल, डा. आश्मा केसी र डा. गोकर्ण दाहाललगायतले स्वास्थ्य जाँच गरेका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण