चिकित्सकको टोली घरमै पुगेर गर्भ जाँच
काभ्रे : पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ। नगरपालिकाले गत शुक्रबारदेखि चिकित्सकको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्सरे सेवासमेत उपलब्ध गराएको हो।
गर्भवती महिलाको घरमै भिडियो सेवासहितको गर्भजाँच कार्यक्रमको वडा नं. १ अनैकोट र वडा नं.१३ को कोशीदेखाबाट शुरु गरिएको नगर उपप्रमुख लक्ष्मी दनुवारले बताइन्। ‘नगरपालिकाभित्रका गर्भवती महिलाको गर्भजाँच स्वास्थ्यकर्मी टोलीले भिडियोसहित काम शुरु गरेका छन्।’ उनका अनुसार समयतालिका बनाएर गर्भवती महिलाको घरमै गई सेवा दिइनेछ।
‘गर्भवती घरदैलो सेवा’ कार्यक्रमअन्तर्गत शुरुमा गर्भवती महिला पहिचान गरी सूचीकृत गरिनेछ। त्यसपछि हप्ताको एक दिन एउटा वडामा पुगेर गर्भवती महिलाको गर्भजाँच सेवा दिइने उपप्रमुख दनुवारले जानकारी दिइन्।
एक महिलाले कम्तीमा तीनपटक गर्भजाँच गराउनुपर्ने हुन्छ। सोहीअनुसार नगरपालिकाले एक महिला गर्भवती भएपछि उनको गर्भ तीनपटक भिडियो एक्सेरे गरेर जाँच गरिनेछ। गर्भजाँचका क्रममा गर्भवती महिलाको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा रहेको पाइए पाँचखालस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क उपचार गराइने र उक्त केन्द्रमा उपचार सम्भव नभए अन्य अस्पतालमा सिफारिस गरिने व्यवस्था मिलाइएको छ।
नगरपालिकाभित्रका अधिकांश गर्भवती महिलाले गर्भजाँच नगराएको पाइएपछि अकालमै आमा र बच्चाको मृत्यु नहोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको नपा उपप्रमुख दनुवारले बताइन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’