नर्सको धर्नामा प्रहरी हस्तक्षेप, ११ जना पक्राउ
काठमाडौं : शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा धर्नामा बसेका नर्सहरूलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार केन्द्रमा धर्नामा बसेका ११ नर्सहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेमध्ये चार जनालाई जगाती प्रहरी वृत्तमा र सात जनालाई भक्तपुर प्रहरी प्रभागमा राखिएको संघर्ष समिति संयोजक नर्स त्रजिता जतीले जानकारी दिइन्। वैशाख ११ गतेदेखि विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरू शुक्रबार उपचार केन्द्रमा शान्तिपूर्ण धर्ना गर्दैगर्दा पक्राउ परेका हुन्।
नर्सहरूले प्रत्यारोपण केन्द्र प्रशासनले पाँच महिनादेखि पुराना कर्मचारीलाई स्थायी, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, आफ्ना मान्छेलाई भन्दा काम गरेकैलाई प्रोत्साहन गर्नुपर्ने, जोखिम भत्ता प्रदान गर्नुपर्नेसहितका माग अघि सारेका छन्।
नर्सहरूको आन्दोलन चलिरहँदा लोकसेवामार्फत आवेदन खुला गरिएको छ। त्यसमा पनि चिकित्सक र नर्सको मात्रै आवेदन खोल्नुमा चलखेल भएको आरोप नर्सहरूले लगाउँदै आएका छन्। हाल प्रत्यारोपण केन्द्रमा भएका ९६ जना नर्सहरूलाई बेवास्ता गरेर ९६ जना नै खुला प्रतिस्पर्धाबाट ल्याउन लागेको भन्दै आफूहरू आन्दोलनमा उत्रिएको उनीहरूको भनाइ छ।
स्थायी, काम र अनुभवका आधारमा बढुवा, जोखिम भत्तालगायत माग राखेर अघिल्लो शुक्रबारदेखि शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र नेपाल नर्सिङ संघमा अनशनरत दुई नर्सको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ।
एक हप्तादेखि प्रत्यारोपण केन्द्रको प्रांगणमा अनशनमा बसिरहेकी केन्द्रमा कार्यरत डिक्की शेर्पा र नेपाल नर्सिङ संघको केन्द्रीय कार्यलय लाजिम्पाटमा जिता बराल अनशन बसेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण