मिर्गौलारोगी १२ वर्षीया बालिकालाई आर्थिक सहयोग
पोखरा : मिर्गौला रोगबाट थलिई उपचाररत १२ वर्षीया बालिकालाई आर्थिक सहयोग प्रदान गरिएको छ। म्याग्दीको मालिका गाउँपालिका–१ निष्कोट स्थायी घर भई पोखरा महानगरपालिका–३३ बस्दै आएकी कल्पना पुनलाई अष्ट्रेलियामा सङ्कलन गरिएको चार लाख सात हजार ९१५ रुपैयाँ प्रदान गरिएको हो।
गत वैशाखदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेकी एलिसाका परिवारलाई निष्कोटकै सञ्जय पुन, नरबहादुर पुन र एलिसा पुनको सक्रियतामा अष्ट्रेलियामा सङ्कलन गरिएको रकम एलिसाका बुबा भवहादुर पुन र नरबहादुरकी श्रीमती पानकुमारी पुनले बिहीबार गरेका हुन्।
त्यस्तै लेकसाइडका सन्ध्या गुरुङबाट पनि एक लाख ३५ हजार रुपैयाँ पीडित बालिकाको परिवारलाई हस्तान्तरण गरिएको थियो । मजदुरी गरेर परिवार पाल्दै आएका वीरबहादुरले छोरीको उपचारमा हालसम्म१३ लाख रुपैयाँ खर्च गरिसकेको जानकारी दिए।
उनको उपचारमा २३ रुपैयाँ लाख लाग्ने चिकित्सकले बताएको जनाउँदै फरिवारले सहयोगको याचना गरेको छ। दुई वर्षअघि एलिसाका दुवै मिर्गौलामा खराबी देखिएको थियो।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’