उपचारका क्रममा कैदीको मृत्यु
भरतपुर : उपचारका क्रममा चितवनमा एक कैदीको मृत्यु भएको छ। क्यान्सर रोगले पीडित बारा डुमरवाना–७ की ३५ वर्षीया सरिता थिङको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारका क्रममा बिहीबार राति १ः३० बजे मृत्यु भएको हो ।
थिङ जिउ मास्ने बेच्ने मुद्दामा १० वर्षदेखि काठमाडौँ जिल्ला कारागारमा कैद सजाय भोग्दै आएकी थिइन्। ११ वर्ष जेल सजाय पाएकी थिङले १० वर्ष दुई महीना कैद भुक्तान गरिसकेकी थिइन्।
क्यान्सरले पीडित थिङलाई १५ दिन अघिमात्र चितवन ल्याइएको चितवन कारागारका जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए। उनको शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ।
चितवन कारागारमा अझै आठ क्यान्सर रोगका बिरामी छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य