बासी खाना खाँदा १०० भन्दा बढी बिरामी
पाल्पा : तिनाउ गाउँपालिका ४ सत्यवतीको बोउरमा बासी खाना खाँदा १०० भन्दा बढी बिरामी परेका छन्। छिमेकीको घरमा १३ औं दिनको पुण्यतिथिमा तयार गरिएको खाना खाँदा १०५ जना बिरामी परेका हुन्।
तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरका अनुसार दुई दिनअघि तयार गरिएको मासुसहित विभिन्न परिकारका खाना उनीहरूले बिहीबार पनि खाएका थिए। बिरामीमध्ये आठजनाको अहिले लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ।
उनीहरूमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र आइसियुमा राखेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए। डा. पुष्प ज्ञवालीको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर सामान्य बिरामीको पनि उपचार गरिरहेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?