‘समायाेजनपछि सबै अस्पतालमा जनशक्ति र उपकरण’
काठमाडौं : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबै सरकारी अस्पतालमा जनशक्ति र उपकरण व्यवस्था गरी उपचार सेवा सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।
महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा बिहीबार आयोजित मेडिकल उपकरण हस्तान्तरण कायक्रममा उनले कर्मचारी समायोजन सकिएलगत्तै जनशक्ति र उपकरणको व्यवस्था गर्ने बताएका हुन्।
स्वास्थ्य मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटकाे १० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याउन प्रधानमन्त्री र राष्ट्रिय योजना आयोगमा आफूले गरिरहेको दाबी गरे।
थाइल्याण्डमा कुल बजेटको २१ प्रतिशत बजेट विनियोजन हुने गरेको उदाहरण दिँदै मन्त्री यादवले स्वास्थ्य र शिक्षा क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए।
टेकुस्थित परिवार स्वास्थ्य महाशाखाले उपलब्ध गराएको करिब ८० लाख मूल्यको उपकरण कान्ति बाल अस्पताललाई हस्तान्तरण गरिएको हो।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य