Health TV Online
Health TV Online
Health TV Online

प्रजनन स्वास्थ्यमा नमुना गाउँ बन्दै अछामकाे पायल

प्रजनन स्वास्थ्यमा नमुना गाउँ बन्दै अछामकाे पायल

अछाम : चौरपाटी गाउँपालिका–४ पायलगाउँ प्रजनन स्वास्थ्यका क्षेत्रमा नमुना गाउँ बन्दैछ। किशोरकिशोरी तथा नवविवाहित युवायुवतीका जोडी खुलेर प्रजनन स्वास्थ्यभित्रका विषय सिक्दै र सिकाउँदैछन्।

मष्टमाडौँ आधारभूत विद्यालय र वैजनाथ माविमा अध्ययनत किशोरकिशारी तथा गाउँका दम्पती अलग अलग समूहमा आबद्ध भई आफूलाई आवश्यक पर्ने प्रजनन शिक्षाका ज्ञान हासिल गरिरहेका छन्। यसले उनीहरूको सशक्तीकरण गर्नुका साथै अभिभावकमा समेत परिवर्तन ल्याएको छ। यसका लागि बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी), संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)को सहयोगमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र चौरपाटी गाउँपालिकाद्वारा संयुक्त रूपमा सञ्चालित रूपान्तरण कार्यक्रमले सहयोग गरिराखेको छ ।

१३ वर्षीया किशोरी सिर्जना धामीका अनुसारकिशोरी अवस्थामा आउने शारीरिक परिवर्तन, महिनावारी, महिला हिंसा के हो, कुन उमेरमा विवाह, बच्चा जन्माउने उमेरलगायत विषयमा समूहमा छलफल हुन्छ। समूहमा हुने छलफलले आत्मविश्वास बढाउने उनले बताइन्।

कम उमेरमा विवाह गर्ने र घरमा सुत्केरी हुने चलन लगभग यहाँ अन्त्य हुँदै गएको छ। पायल स्वास्थ्य चौकीका अनमी शिला कट्टेलका अनुसार गत वर्ष सबै गर्भवतीले स्वास्थ्य चौकीमा आएर बच्चा जन्माए। स्वास्थ्य संस्थामा ५५ जना सुत्केरी भएका थिए।

औषधि सेवनद्वारा गरिने सुरक्षित गर्भपतन सेवा स्वास्थ्य चौकीमा पाइन्छ। गत वर्ष १९ जनाले सो सेवा लिएका थिए। स्वास्थ्य संस्थामा आई परिवार नियोजन सेवाका बारेमा परामर्श र सेवा लिनेको सङ्ख्यामा सुधार भएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार