धरानका तीन बालबालिकामा डेंगु
सुनसरी : डेंगु रोगले एकै वडाका तीन बालबालिका संक्रमित भएको फेला परेका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका अनुसार पुष्पलाल मार्गका ७ र १०वर्षीय बालक र बगरकोटकी१४ वर्षकी बालिकामा डेंगु देखिएको हो।
उनीहरूको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ। आकस्मिक कक्षमा ल्याइएका बालबालिकाको रगतको ल्याब परीक्षण गर्दा डेंगु भएको पुष्टि भएको प्रतिष्ठानले जानकारी दिएकाे छ।
एक्कासि ज्वरो आउने, पेट दुख्ने र उल्टी आउने हुन थालेपछि उनीहरूलाई अस्पताल लगिएको हो । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. विकास साहले बिरामीको रगत जमाउने तत्त्व प्लेटलेट्सको अत्यधिक कमी भएको लक्षण देखिएपछि उपचार शुरु गरिएको बताए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?