स्वास्थ्य बिमामा बढ्याे आकर्षण
खोटाङ : जिल्लामा स्वास्थ्य बिमा कार्यक्रममासर्वसाधारणको आकर्षण बढेको छ। सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमवापतको सेवासुविधा प्राप्तिका लागि जिल्लाका १० स्थानीय तहमा स्वास्थ्य बिमा दर्ता कार्यक्रमलाई तीव्रगतिमा अघि बढाइएको हो ।
जिल्लाको ऐंसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल खोटाङ, जिल्ला अस्पताल उदयपुर, जिल्ला अस्पताल ओखलढुङ्गा, जिल्ला अस्पताल सोलुखुम्बु, धरान, विराटनगर, काठमाडौँ, भक्तपुरलगायतमा रहेका सरकारी अस्पतालबाट स्वास्थ्य उपचार सेवा पाउनेगरी स्वास्थ्य बिमा दर्ता भइरहेको स्वास्थ्य बीमा बोर्ड खोटाङका संयोजक सन्तोष दाहालले जानकारी दिए । जिल्लामा २०७४ पुस २४ गतेदेखि अहिलेसम्ममा १७ हजार ४५१ ले बिमा गरिसकेका छन्।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकु, काठमाडौँअन्तर्गत कात्तिकदेखि पुससम्म नाम दर्ता भएका नागरिकको स्वास्थ्य बिमा फागुन १ गते, माघदेखि चैतसम्म नाम दर्ता गरेका नागरिकको बीमा जेठ १ गते, वैशाखदेखि असारसम्म नाम दर्ता गरेका नागरिकको भदौ १ देखि र साउनदेखि असोजसम्म नाम दर्ता गरेका नागरिकको बिमा मङ्सिर १ गतेदेखि लागू हुने जनाइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?