मुहार फेर्दै जिल्ला अस्पताल
रुकुम पश्चिम : जिल्ला अस्पताल सल्लेले करिब तीन दशकपछि स्वरूप फेर्न थालेको छ। कर्णाली प्रदेश सरकारले अस्पतालको भौतिक संरचना मर्मत, सेवा सुधार तथा उपकरण खरिदका लागि ६० लाख रुपैयाँ विनियोजन गरेपछि अस्पतालको भवन मर्मत सुरु गरिएको हो।
भवनका जस्तापाता फेर्ने, भित्तामा प्लाष्टर गर्ने, टायल विछ्याउने र वरिपरिका सडक निर्माण थालिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ। अस्पतालको अन्तरंग, प्रयोगशाला र अप्रेशन कक्ष रहेको भवनको जस्तापाता फर्ने काम शुरु भएको छ। यी तीन वटै भवनको भित्रपट्टि भित्तामा पलाष्टरका साथै भुइँमा टायल र माथि सिलिङ गर्ने काम शुरु भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुन्दर ओलीले बताए।
तत्कालै अर्को भवन बनाउन सक्ने अवस्था नभएपछि प्रदेश सरकारसँग बजेट माग गरेर मर्मतको काम थालिएको अध्यक्ष ओलीले जानकारी दिए। प्रदेश सरकारको विनियोजन गरेको ६० लाखमध्ये ५० लाख रुपैयाँले भौतिक संरचना मर्मत र १० लाख रुपैयाँले अस्पतालका लागि आवश्यक उपकरण खरिद गर्ने तयारी भइरहेको छ।
२०४५ सालमा स्थापना गरिएको अस्पतालको संरचना अहिलेसम्म स्तरोन्नति भएको छैन। दैनिक करिब अढाइ सय बिरामी आउने अस्पताल १५ शय्याको मात्रै छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’