Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

असुरक्षित गर्भपतन गराउन खोज्दा बालिका मृत्युको मुखमा

असुरक्षित गर्भपतन गराउन खोज्दा बालिका मृत्युको मुखमा

नेपालगञ्ज  : असुरक्षित गर्भपतन गराउन खोज्दा नेपालगञ्ज उपमहानगरपालिका–१० की १३ वर्षीया एक बालिका मृत्युको मुखमा पुगेकी छिन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कक्षा ८ मा अध्ययनरत एक किशोरीले पेटमा रहेको गर्भ आफैँ फ्याँक्न खोजेकी थिइन्। गर्भपतन गराउन जथाभावी औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुँदा उनी मृत्युको मुखमा पुगेकी हुन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार, ती बालिकाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइसीयूमा उपचार भइरहेको छ। ती बालिकाले तीन महीनाको गर्भ फाल्न गर्भपतन गराउने औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव भएको थियो।

प्रहरी उपरीक्षक पौडेलले नेपालगञ्ज उपमहानगरपालिका–१० बाट उद्धार गरी अस्पताल भर्ना गरेको बताए। १३ वर्षीया बालिका कसरी गर्भवती भइन् र उनलाई कसले वा कसरी गर्भपतन गराउन खोज्यो भन्नेबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।

बालिकालाई बचाउन रगतका लागि आग्रह गरिएको छ। ‘एबी’ नेगेटिभ रगत समूहकी ती बालिकालाई रगतदान गर्न प्रहरीले अनुरोध गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन