Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भरतपुरमा थप दुई आयुर्वेद औषधालय

भरतपुरमा थप दुई आयुर्वेद औषधालय

भरतपुर : भरतपुर महानगरपालिकाको दुई स्थानमा आयुर्वेद औषधालय सञ्चालनमा ल्याइएको छ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर ३ को महानगरपालिका स्वास्थ्य आयुर्वेद जीवनशैली व्यवस्थापनसम्बन्धी परियोजनाअन्तर्गत भरतपुर महानगरपालिका–१ देवघाट र वडा नम्बर ११ को स्वास्थ्य शहरी क्लिनिकमा औषधालय सञ्चालनमा ल्याइएको हो। महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले बुधबार औषधालयको उद्घाटन गरिन्।

देवघाटमा वृद्धवृद्धालाई लक्ष्य गरी निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिनेछ भने भरतपुर महानगरपालिका–११ को शहरी स्वास्थ्य क्लिनिकमा नियमित परीक्षणसँगै औषधि वितरण गरिने निर्देशनालयका आयुर्वेद शाखा प्रमुख डा.झुलाराम अधिकारीले बताए।

चितवनमा अब १० वटा आयुर्वेद औषधालय सञ्चालनमा रहनेछन्। बर्सेनि आयुर्वेद औषधितर्फ सर्वसाधारणको ध्यान केन्द्रित हुँदै गएसँगै नमुना परियोजनाको रूपमा काम थालिएको हो।

चितवनमा वार्षिक ३५ हजारले आयुर्वेद सेवा लिने गरेका छन्। यो सेवा लिनेको सङ्ख्या बढ्ने क्रममा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा. रामप्रबोध मण्डलले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन