Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रभावकारी बन्दै फत्ते बाल आँखा अस्पतालकाे सेवा

प्रभावकारी बन्दै फत्ते बाल आँखा अस्पतालकाे सेवा

नेपालगञ्ज : नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित फत्ते बाल आँखा अस्पतालले अहिलेसम्म दुई लाख २८ हजार ६६५ को आँखाको शल्यक्रिया गरेको छ।

अस्पतालका प्रबन्ध निर्देशक कौशलकुमार बर्माका अनुसार ३२ वर्षको अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको आँखा जाँच गरेको छ। अस्पतालमा विभिन्न समयमा अलग-अलग स्थानमा सञ्चालन गरेको शिविरमा १२ हजारभन्दा बढीको आँखा जाँच र ३८४ को शल्यक्रिया गरेको जनाइएको छ।

अस्पतालअन्तर्गत सुर्खेतको मेहलकुना, दैलेखको दुल्लु, डोल्पाको जुफाल र बर्दियाको सानोश्री, जयनगर, भुरीगाउँ, राजापुर र बाँसगढीमा गरी आठ वटा आँखा उपचार केन्द्र सञ्चालन हुँदै आएको छ।

३२ वर्षअघि १० शय्याबाट शुरु भएको यो अस्पताल हाल २५० शय्याको भएको छ। अस्पतालले पूर्णकालीन बहिरङ्ग, अतिरिक्त शुल्क क्लिनिक, द्रुत शल्यक्रिया, औषधि र चश्माको उपलब्धता, प्याथोलोजी, नेत्र सहायकस्तरको जनशक्ति उत्पादन तथा कलेज सञ्चालन गर्दै आएको छ।

संघको पाँच करोड र जिल्ला समन्वय समितिको परिपूरक सहयोग एक करोड ४५ लाख गरी छ करोड ४५ लाख रुपैयाँ लागतमा आधुनिक शल्यक्रिया कक्ष, वार्ड, बिरामीका लागि निजी कक्ष, चिकित्सक आवासलगायतका संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको प्रबन्ध निर्देशक बर्माले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन