Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अमेरिकाको अलबामामा गर्भपतन प्रतिबन्ध, गराउने चिकित्सकलाई आजीवन कैद

अमेरिकाको अलबामामा गर्भपतन प्रतिबन्ध, गराउने चिकित्सकलाई आजीवन कैद

अमेरिकाको अलबामा राज्यको सिनेटले गर्भपतन रोक्नेसम्बन्धी संयुक्तराज्य अमेरिकामै सबैभन्दा कडा कानुन पारित गरेको छ।

मंगलबार सिनेटले पारित गरेको कानुनमा गर्भपतनमा पूर्ण रूपमा प्रतिबन्ध लगाउनुका साथै गर्भपतनमा सहयोग गर्ने चिकित्सकलाई आजीवन कैदको सजाय हुनसक्ने छ।

रिपब्लिकन पार्टीको बहुमत रहेको अलबामा राज्यको सिनेटले पारित गरेको नयाँ विधेयक प्रमाणीकरणका लागि गभर्नर के इभेसमक्ष पुगेको छ। गभर्नरको हस्ताक्षरपछि उक्त विधेयकले कानुनको रूप लिनेछ।

नयाँ विधेयकमा बलात्कार वा नातेदारबाट हुने व्यभिचारका कारण गर्भ रहेमा  पनि पतन गराउन पाउने छुटदिइएको छैन।

संयुक्तराज्य अमेरिकाकै सबैभन्दा ठूलो मानव अधिकारवादी संस्था एसीएलयूले उक्त कानुनको कार्यान्वयन रोक्नेगरी अदालतमा चुनौती दिने तयारी गरेको छ। विधेयकको पक्षमा रहेकाहरूले आफूहरू सर्वोच्च अदालतमा जाने चेतावनी दिएका छन्।

सर्वोच्च अदालतको सन् १९७३ को एक आदेशका कारण अमेरिकामा गर्भपतन गर्ने कानुनी बाटो खुलेको थियो। तर बहुसंख्यक रिपब्लिकन पार्टीका सदस्यहरू सर्वोच्चको उक्त आदेश खारेज हुनुपर्ने माग गरिरहेका छन्।

सिनेट डेमोक्र्याटिक पार्टीका नेता बब्बी सिङ्गलटनले अलबामा राज्यको सिनेटले विधेयक पारित गरेर अनुदारवादी चरित्र प्रस्तुत गरेको र यो राष्ट्रको लज्जा भएको बताए।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि