Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रादेशिक आयुर्वेद चिकित्सालयमा ‘फाइमोसिस’ शल्यक्रिया

प्रादेशिक आयुर्वेद चिकित्सालयमा ‘फाइमोसिस’ शल्यक्रिया

दाङ : तुलसीपुर–१९ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा ‘फाइमोसिस’ रोगको सफल शल्यक्रिया भएको छ। उक्त चिकित्सालयमा पहिलो पटक यो सेवा शुरु भएको हो।

बच्चाको लिङ्ग नखुल्ने उक्त रोगलाई आयुर्वेद पद्धति सर्कमसिजनमार्फत उपचार गर्न थालिएको हो। अस्पतालका प्रमुख तथा बालरोग विशेषज्ञ डा रामकामेश्वर ठाकुरसहित पाँच चिकित्सकसहितको टोलीले उक्त रोगको सफल शल्यक्रिया गरेको हो।

आयुर्वेदको यो पुरानो पद्धति भए पनि प्रादेशिक आयुर्वेदमा पहिलोपटक शुरु भएको डा. ठाकुरले बताए। यो सेवा शुरु भएसँगै दैनिक दुई\तीन तथा कहिलेकाहीँ पाँच जनासम्म आउने गरेको उहाँको भनाइ छ। उक्त शल्यक्रिया १० वर्षसम्मका बच्चालाई गर्न सकिने डा. ठाकुरको भनाइ छ।

के हो फाइमोसिस?

बच्चा (पुरुष) को जनेन्द्रीय अर्थात् लिङ्गको टुप्पाको डल्लो (सुपारी) लाई छालाले छोप्ने अवस्थालाई ‘फाइमोसिस’ भनिन्छ। जन्मदाखेरि कुनै पनि बच्चाको लिङ्गको टुप्पाको छाला पछाडि जाँदैन अर्थात् छालाले टुप्पो छोपेको हुन्छ।

भर्खर जन्मेका बच्चामा यस्तो समस्या हुनु स्वाभाविक हो। तर उमेर बढ्दै जाँदा त्यो खुल्दै जानुपर्छ। जन्मेको छ महिनापछि आफसेआफ लिङ्गको टुप्पाको छाला पछाडि सर्नु पर्छ। अर्थात् खुल्दै जानुपर्छ।

आजकल धेरै बच्चामा फाइमोसिस समस्या देखिने गरेको छ, जसले गर्दा बच्चामा पिसाबको सङ्क्रमण हुँदै मिर्गौलाको सङ्क्रमणसम्म हुन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि