सिन्धुपाल्चाेकका तीन प्राथमिक स्वास्थ्य केन्द्रमा ‘ख’ वर्गको एम्बुलेन्स
सिन्धुपाल्चोक : जिल्लाका तीनवटा स्थानीय तहका प्राथमिक स्वास्थ्य केन्द्रले सुविधासम्पन्न ‘ख’ वर्गको एम्बुलेन्स पाएका छन्।
क्यानेडेली रेडक्रसको सहयोगमा जिल्ला रेडक्रस सोसाइटीले बलेफी गाउँपालिका, बाह्रबिसे र मेलम्ची नगरपालिकामा सञ्चालित स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो।
प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्राथमिक स्वास्थ्य केन्द्र भएका वडाका अध्यक्षहरूलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे।
नेपाल रेडक्रस सोसाइटीले देशभर २१७ एम्बुलेन्स सञ्चालन गरिरहेको छ। त्यसमध्ये ‘ख’वर्गको एम्बुलेन्स सिन्धुपाल्चोकबाट सुरु गरेकाे रेडक्रसका केन्द्रीय उपाध्यक्ष देवरत्न धाख्वाले जानकारी दिए ।
‘ख’ वर्गको एम्बुलेन्समा भने स्वास्थ्यसम्बन्धी दक्ष जनशक्ति हुने व्यवस्था छ। याे एम्बुलेन्समा दक्ष स्वास्थ्यकर्मीसहित आवश्यक ३४ प्रकारका स्वास्थ्य सामग्री हुन्छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?