महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप
कञ्चनपुर : गर्मी बढेसँगै कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ।
झाडापखाला, बान्ता आउने, टाउको दुख्ने, रुघा, खोकी, ज्वरोका साथै अस्वस्थ्य खानपानले पनि बिरामी बढेको अस्पतालले जनाएको छ।
अस्पतालका मेडिकल रेकर्डर नारद भट्टले वैशाखको पहिलो सातादेखि नै यहाँ बिरामीको चाप बढेको बताए। ‘सबैभन्दा बढी झाडापखालाका बिरामीको सङ्ख्या बढेकाे छ’, उनले भने, ‘यो महिना मात्रै पखालाका १७५ बिरामीको उपचार यहाँ भयो।’ दूषित पानीको प्रयोगसँगै अस्वस्थ्यकर खाना प्रयोग गर्नाले झाडापखालाका बिरामी बढेको उनकाे भनाइ छ।
त्यस्तै महाकाली अञ्चल अस्पतालमा बितेको एक महिनामा चार जनामा मलेरियाको सङ्क्रमण देखिएको छ। ‘भारतबाट आउनेमा यसको सङ्क्रमण देखिने सम्भावना बढेको उनले बताए।
शनिबार राति मात्रै अस्पतालको आकास्मिक कक्षमा ५० भन्दा बढी बिरामी उपचारका लागि राति आएको स्वास्थ्यकर्मीको भनाइ छ। लामो समयदेखि विशेषज्ञ चिकित्सकको अभाव झेल्दै आएको अस्पतालमा कर्मचारी समायोजनका कारण जनशक्तिमा झनै अभाव भएको भट्टको भनाइ छ।
भीमदत्तनगरस्थित एसआर मेडिकलका सञ्चालक शिवराज भट्टले निजी क्लिनिकमा पनि बिरामीको चाप बढेको बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण