Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य तथा जनसङ्ख्या उपसमितिले संसदीय समितिलाई बुझायाे प्रतिवेदन

स्वास्थ्य तथा जनसङ्ख्या उपसमितिले संसदीय समितिलाई बुझायाे प्रतिवेदन

काठमाडाैं : स्वास्थ्य तथा जनसङ्ख्या उपसमितिले संसदीय समितिलाई प्रतिवेदन बुझाएको छ। सिंहदरबारस्थित समितिको बैठकमा उपसमितिका संयोजक खगराज अधिकारीले सभापति जयपुरी घर्तीलाई स्वास्थ्य तथा जनसङ्ख्या प्रतिवेदन हस्तान्तरण गरे।।

२०७५ मङ्सिर २ गते गठित उपसमितिमा समितिका सदस्य उमाकान्त चौधरी, गगनकुमार थापा, भैरवबहादुर सिंह, मनकुमारी जिसी, नमिताकुमारी चौधरी र हितबहादुर तामाङ सदस्य थिए।

प्रतिवेदनमा के छ ?

प्रतिवेदनले औषधि, उपकरण, जनशक्ति एवं पूर्वाधार निर्माण गरी सबै पालिकाका अस्पताल तत्काल सञ्चालन गर्नुपर्ने, केन्द्रीय अस्पतालका औषधि बिक्री वितरण, अन्तरङ्ग, आकस्मिक कक्ष, बिरामी भर्ना शय्यालगायतका क्षेत्रमा थप सुधार गर्नुपर्ने सुझाव दिएकाे छ।  प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि केन्द्र, सङ्घ र स्थानीय निकायबीचमा थप समन्वय हुनुपर्ने उल्लेख छ।

एम्बुलेन्स र शववाहन सेवालाई व्यवस्थित बनाउनुपर्ने, अस्पतालजन्य फोहरमैला निष्कासन, व्यवस्थापनमा ध्यान दिनुपर्ने, छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई अनिवार्य दुर्गम क्षेत्रमा सेवा गर्नुपर्ने प्रावधानलाई अनुगमन गर्नुपर्ने, सरकारी सबै अस्पतालका सम्पत्ति संरक्षणमा ध्यान दिनुपर्नेलगायतका सुझाव प्रतिवेदनले दिएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार