‘गुणस्तरहीन औषधि बिक्री गर्नेलाई कारबाही’
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारले गुणस्तरहीन औषधि बिक्री गर्ने पसलहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले चिकित्सकको ‘प्रेस्क्रिप्सन’ विना औषधि बिक्री वितरण गर्न नपाउने गरी सबै औषधि पसलहरूमा सरकारले कडा निगरानी राख्ने बताए। चिस्यानमा नराखिएको औषधि बिक्री वितरणमा पनि प्रतिबन्ध लगाउने उनको भनाइ छ।
मन्त्री यादवले सरकारले सिधै कम्पनीबाट औषधि खरिद गर्ने कानुनी व्यवस्था गर्न जरुरी रहेको पनि बताए। सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट औषधि खरिद गर्दा महँगो पर्न जाने भएकाले त्यसलाई रोकेर सरकार कम्पनीबाट औषधि खरिद गर्ने तयारीमा रहेको उनले बताए।
‘औषधि र उपकरण कम दरभाउको बोलपत्रबाट खरीद गर्ने परम्पराले सर्वसाधारण गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन्’, मन्त्री यादवले भने, ‘खरिद गरिएका औषधिका पनि तीन महिनामा म्याद सकिन्छ।’





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’