गाउँमा स्ट्रेचर नहुँदा बिरामी अस्पताल पुर्याउन डाेकाेकाे भर
बैतडी : जिल्लाको शिवनाथ गाउँपालिका–४ खडीक कोलेउडा गाउँमा स्ट्रेचर नहुँदा यहाँका बासिन्दाले सास्ती भोगिरहेका छन्।
तीनचार वर्षअघि किनेका स्ट्रेचर सबै काम नलाग्ने भएका छन्। स्वास्थ्य संस्थामा पनि स्ट्रेचर छैनन्। महिला स्वास्थ्य स्वयंसेविकासँग पनि स्ट्रेचर छैन् । स्ट्रेचर नहुँदा धेरै समस्या हुने गरेको छ।
उदयदेव स्वास्थ्यचौकी इन्चार्ज नरेन्द्र महताले स्ट्रेचर नभएको कुरा गाउँपालिकालाई असोजमै जानकारी गराएको भए पनि अझै नआएको बताए । गाउँबाट सडकमा पुग्न तीन घण्टा लाग्छ। स्ट्रेचर नहुँदा बिरामीलाई डोकोमै बोकेर अस्पताल लग्नुपर्ने बाध्यता छ।
डडेल्धुराबाट शर्माली जोड्ने सडक पनि राडील भन्नेठाउँमा अवरुद्ध यसले थप समस्या भएको छ।शिवनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश भट्टले स्ट्रेचर खरीद प्रक्रिया सुरु भइसकेको बताए। अबको ३–४ दिनभित्रै स्वास्थ्य संस्था र प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकालाई स्ट्रेचर वितरण गर्ने उनकाे भनाइ छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?