Health TV Online
Health TV Online
Health TV Online

सुत्केरीलाई रगत र एम्बुलेन्स सेवा नि:शुल्क

सुत्केरीलाई रगत र एम्बुलेन्स सेवा नि:शुल्क

कैलाली : टीकापुर नगरपालिकाले सुत्केरीलाई आवश्यक रगत र अस्पतालसम्म पुग्न एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरिरहेको छ।

नगरपालिकाले नेपाल रेडक्रस सोसाइटीमार्फत रगत गत असोजदेखि र एम्बुलेन्स सेवा फागुनदेखि दिन थालेको हो। अहिलेसम्ममा १२५ जनाले रगत र २० जनाले एम्बुलेन्स सेवा लिएको सोसाइटी टीकापुरले जनाएको छ। घरमा सुत्केरी हुने सङ्ख्या शून्यमा झार्न यो कार्यक्रम ल्याइएको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बताए।

नगरपालिकाले एम्बुलेन्स खरिद गरेर रेडक्रसलाई सञ्चालन गर्न दिएको छ। रेडक्रसले सुत्केरीलाई निःशुल्क बोक्नुपर्ने नीति बनाइएको छ। प्रयोग भएको रगतको आधारमा लाग्ने शुल्क नगरपालिकाले बेहोर्ने गरेको छ। नगरपालिकासँगको सम्झौतानुसार रेडक्रसले सुत्केरी मात्र नभई टीकापुरबासी सबैलाई निःशुल्क रगत उपलब्ध गराउने गरेको छ।

रेडक्रसले अहिलेसम्म १२५ सुत्केरीसहित २५३ जनालाई निःशुल्क रगत उपलब्ध गराएको छ। रेडक्रसले एक व्यक्तिलाई दुई पिन्टसम्म रगत निस्शुल्क दिने गरेको रेडक्रस उपशाखा टीकापुरले जनाएकाे छ।

थप समाचार