अनशनरत दुई नर्सको अवस्था गम्भीर
काठमाडौं : अनशनमा रहेका शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका दुई नर्सको अवस्था गम्भीर बनेको छ।
केन्द्रको आकस्मिक कक्षमा कार्यरत नर्स डिकी शेर्पा केन्द्रकाे हातामा अनसनमा बसेकी छिन् भने नेपाल नर्सिङ संघ नर्स जीता बराल अनशनमा बसेकी हुन्।
केन्द्रका ३० नर्सले निर्देशक पुकारचन्द्र श्रेष्ठले कार्यअवधि, अनुभव र क्षमताअनुसारको व्यवहार नगरी आफूहरूमाथि भएको अन्यायविरुद्ध शेर्पा र बराल शुक्रबारदेखि अनशनमा बसेको बताए।
केन्द्रका पुराना कर्मचारीलाई स्वतः स्थायी गर्नुपर्ने, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, काम गर्दै आएकालाई प्रोत्साहन गर्नुपर्ने, जोखिम भत्ता दिनुपर्नेलगायत माग राखी नर्सहरू दुई साताभन्दा अघिदेखि विरोधमा उत्रिएका हुन्। उनीहरूले केन्द्रले करार कर्मचारीलाई मारमा पार्नेगरी स्थायी दरबन्दी खुलाएको गुनासो गरेका छन्।
अनशनरत नर्सहरूको अवस्था बुझ्न र समस्या कसरी हल गर्न हालसम्म सम्बन्धित कुनै पनि पक्षले चासो नदेखाएकाे गुनासाे नर्सहरूले गरेका छन्।
यस अघि पनि स्वास्थ्य मन्त्रालय, नेपाल नर्सिङ संघको कार्यालयलगायतका स्थानमा धर्नालगायतका विरोध कार्यक्रम गरेका थिए। यस क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेकाे थियाे।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य