Health TV Online
Health TV Online
Health TV Online

सडकले नछाेएकाे पुथा उत्तरगङ्गाकाे गाउँमा स्वास्थ्य शिविर

सडकले नछाेएकाे  पुथा उत्तरगङ्गाकाे गाउँमा स्वास्थ्य शिविर

रुकुम : सडक सुुविधासम्म पुग्न नसकेको जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–८ मा आइतबार खच्चडमा औषधि बोकेर विशेषज्ञ डाक्टरसहितको टोली पुग्यो।

चारगाउँको रिवाङचौर स्वास्थ्यचौकीमा डाक्टरसहितको टोली पुग्दा स्थानीय खुशी भए। गाउँमा सुविधासम्पन्न अस्पताल नभएको र टाढाको अस्पतालसम्म पुग्न नसकेका वेला घोडामा औषधि बोकेर विशेषज्ञ डाक्टरसहितको टोली गाउँमा पुग्दा स्वास्थ्य सेवा पाउने आशमा स्थानीय खुशी भएका हुन्।

शिविरमा विशेषज्ञ डाक्टर नवीन बुढाथोकी र सुनिल पुनलगायतको टोलीले सेवा दिने बताइएको छ। शिविरमा भिडियो एक्सरे, ल्याब परीक्षण, इसिजी सेवा तथा निःशुल्क औषधि वितरण गरिने अस्पतालका प्रबन्धक हरिबोल भारतीले जानकारी दिए।

ज्वरो, आउने, टाउको दुख्नेलगायत रोगको पनि जाँच गर्ने र जटिल प्रकृतिका रोगका बिरामीलाई जिल्ला बाहिर पठाइने उनले बताए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश ५ को कार्यालय बुटवल, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको आर्थिक सहयोग, रुक्मेली सामुदायिक अस्पताल प्रालि रुकुम (पश्चिम) को आर्थिक सहयोग र गाउँपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार