मणिपालमा इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्टसम्बन्धी कार्यशाला
पोखरा : मणिपाल शिक्षण अस्पतालमा इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्ससम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ।
अमेरिकाको न्यूरोक्रिटिकल केयर सोसाइटीले बनाएको इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्षसम्बन्धी कार्यशाला गरिएको हो ।
कार्यशालामा विभिन्न न्यूरोलोजिकल र न्यूरोसर्जिकल रोगसम्बन्धी समस्या र उक्त रोगको समाधानका विषयमा छलफल भएको कार्यक्रम संयोजक एवं मनिपाल शिक्षण अस्पताल न्यूरोसर्जरी विभागका प्रमुख डा. बालगोपाल कर्माचार्यले जानकारी दिए।
विशेषगरी टाउको र मस्तिष्कको चोटपटक, मेरुदण्डको चोटपटक, मस्तिष्क पक्षाघात, ब्रेन ह्यामरेज, छारेरोग, मस्तिष्क र मेरुदण्डको सङ्क्रमण तथा ट्युमरको लक्षण लिएर आएका बिरामीलाई शुरुको अवस्थामा तत्काल के कस्ता निदानका उपाय गर्ने र उपचार कसरी गर्ने भन्ने विषयमा कार्यशालामा छलफल भएको डा कर्माचार्यले बताए।
कार्यशालामा सहभागीलाई कार्यक्रम संयोजक डा कर्माचार्यसहित महाराजगञ्ज शिक्षण अस्पताल काठमाडौँका न्यूरोक्रिटीकल विशेषज्ञ डा. जेन्टल सुन्दर श्रर, डा. प्रज्ञा आचार्य, न्यूरो अस्पताल बासबारी काठमाडौँका डा. सुवास लोहनी, मनिपाल शिक्षण अस्पतालका डा. निकुञ्ज योगी र डा. हरि पौडेलले प्रशिक्षण दिएका थिए।
कार्यशालामा पोखराका विभिन्न अस्पतालको आकस्मिक कक्ष, आइसीयू र न्यूरो आइसीयूमा कार्यरत ८३ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको सहभागिता थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण