Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जिल्लामै पहिलो आँखा अस्पताल

जिल्लामै पहिलो आँखा अस्पताल

रुकुमपूर्व : जिल्लामै पहिलो पटक आँखा अस्पताल (उपचार केन्द्र) स्थापना भएको छ। प्रदेश ५ को एक मात्र हिमाली जिल्लामा आँखा अस्पताल बनेपछि यहाँका स्थानीयवासी खुशी भएका छन्।

विभिन्न समस्याका कारण आँखाको उपचार गराउन  जिल्लाबाहिर जानुपर्ने बाध्यतामा रहेका स्थानीय आफ्नै जिल्लामा अस्पताल (उपचार केन्द्र) स्थापना भएपछि गाउँमै सेवा पाइने भन्दै खुशी भएका हुन्।

यहाँका सर्वसाधारण आँखाको उपचारका लागि रुकुम (पश्चिम)को खलङ्गा, दाङ, नेपालगञ्ज तथा काठमाडौं जाने गर्थे। यसका साथै कहिलेकाहीँ गाउँमा हुने आँखा शिविरबाट पनि स्थानीयवासीले सेवा पाउने गरे पनि उपचार केन्द्र नहुँदा समस्या थियो। जिल्लाको सिस्ने गाउँपालिकामा पहिलो पटक आँखा उपचार केन्द्रको स्थापना भएको हो।

अब यहाँ सामान्य शल्यक्रिया र विभिन्न आँखाको समस्याको उपचार गरिनुका साथै बिरामीलाई आवश्यक पर्ने चस्मा पनि निर्माण गरिने उपचार केन्द्रका प्रमुख विष्णु खनालले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि