घट्दै कुष्ठराेगीकाे संख्या
पोखरा : कास्कीमा कुष्ठरोगीको सङ्ख्या घटेकाे छ। नेपाल सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत निःशुल्करूपमा औषधि उपलब्ध गराउनुका साथै समयमा उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराइएपछि रोगीको सङ्ख्या घटेकाे हाे।
स्वास्थ्य कार्यालय कास्कीको तथ्याङ्कअनुसार जिल्लामा २३ कुष्ठरोगी नियमितरूपमा औषधि सेवन गरिरहेका छन्। गत आर्थिक वर्षमा १० हजार जनसङ्ख्यामा शून्य दशमलव ४५ जना पीडित थिए भने चालु आर्थिक वर्षमा यो सङ्ख्या प्रति १० हजारमा ०.४४ मा झरेको छ।
नयाँ बिरामीको दरप्रति एक लाख जनसङ्ख्यामा पाँच दशमलव चार रहेको छ। सरकारले एक लाख जनसङ्ख्यामा एक रोगीमा झार्ने लक्ष्यका साथ कार्य अगाडि बढाएको छ। कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्री नामक ब्याक्टेरियाद्वारा सर्ने एक प्रकारको ब्याक्टेरियल इन्फेक्सन हो । यो लामो समयसम्म रहने र लगातार बढ्ने खालको सङ्क्रमण हो।
कुष्ठरोगको राष्ट्रिय तथ्याङकअनुसार, ६८ प्रतिशत तराईका जिल्ला सो रोगबाट प्रभावित रहेको पाइएको छ। तराईका सबैभन्दा बढी बाँके जिल्ला प्रभावित छ भने झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषालगायत जिल्ला सो रोगबाट पीडित छन्। मुलुकको सात जिल्लामात्र कुष्ठरोगबाट मुक्त रहेको छ।
कुष्ठरोगीमा महिलाको तुलनामा पुरुषमा यो रोग बढी देखिएको छ। ६२ प्रतिशत पुरुष यस रोगबाट पीडित छन्। जुनसुकै उमेरका मानिसमा यो रोग लाग्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण