राेगै पत्त्ता नलागेपछि…
उदयपुर : हिँड्डुलदेखि खाना खान र शौच गर्नसम्म नसक्ने अवस्थामा पुगेका रौतामाई ६, नामनताका मगर समुदायका बिरामीको स्वास्थ्य समस्या अझै पहिचान हुन सकेको छैन।
प्रदेश १ सरकारले प्रदेश राजधानी विराटनगर लगेर जाँच गराए पनि रोग पत्ता नलागेपछि उनीहरू घर फर्किएका छन्। उनीहरूको रगतलगायत नमुना परीक्षणका लागि विदेश पठाउने तयारी भइरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
यस्तो लक्षणबाट ग्रस्त ४१ वर्षीय दुर्गाबहादुर समालमगरको मृत्यु भइसकेको छ। अरू आठजना सिकिस्त छन् । शरीर थरथरी काम्ने, हातखुट्टा राम्राेसँग चलाउन नसक्ने, मुखबाट र्याल आइरहने, आवाज कम हुँदै गएर बोल्न नसक्ने जस्ता लक्षण उनीहरूमा देखिएको छ।
बिरामीलाई साताअघि उदयपुर जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । न्यूरोका नसा रोग विशेषज्ञको टिमले बिरामी सबैको रगत, दिसापिसाब, खकार, मुटु, मिर्गौला, नसालगायत परीक्षण गर्दासमेत रोग पत्ता नलागेकाले घर फर्काएको आफन्तले बताए ।
यहाँ रोग पत्ता नलागेकाले बिरामीको रगत, खकारलगायत अन्य नमुना संकलन गरेर विदेश पठाउने तयारी भइरहेको जनस्वाथ्य कार्यालय उदयपुरका प्रमुख रमेश खकुरेलले । स्थानीय ७० वर्षीय डम्बरबहादुर, ६४ वर्षीया जानुमाया, ३१ वर्षीय बलबहादुर, तुलबहादुर, हीरा, लैया, ललिमाया, पुष्प र जानुमाया जोखिममा छन् ।
यस्तै रोगका करण दुर्गाबहादुरको मृत्यु भएको रौतामाई ६ का वडासदस्य तुलबहादुर थापामगरले बताए। सिकिस्त बिरामीमध्ये डम्बरबहादुरको अवस्था गम्भीर छ । खाना खान, हातमुख धुनदेखि शौचालय जान श्रीमती ६७ पदममायाको भर पर्नुपरेको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’