Health TV Online
Health TV Online
Health TV Online

डडेल्धुरा अस्पताल नाम परिवर्तन भयो, सेवा जस्ताकाे तस्तै

डडेल्धुरा अस्पताल नाम परिवर्तन भयो, सेवा जस्ताकाे तस्तै

डडेल्धुरा : सरकारले सुदूरपश्चिम प्रदेशको मध्यविन्दुमा अवस्थित डडेल्धुरा अस्पताललाई गत फागुनमा संघ मातहत राखे पनि भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्नेतर्फ भने ध्यान दिएको छैन।

२०७० मा टिम अस्पताल र जिल्ला अस्पताल डडेल्धुरालाई गाभेर डडेलधुरा अस्पताललाई ‘उपक्षेत्रीय डडेल्धुरा अस्पताल’ बनाइएको थियो।

अस्पतालमा १९ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले एक जना मात्रै कार्यरत रहेका अस्पतालका निमित्त प्रमुख डा. जितेन्द्र कँडेलले बताए। हाल अस्पतालमा मेडिकल अफिसरसहित १३ स्वास्थ्यकर्मी कार्यरत छन्।

अस्पतालमा ३० स्टाफ नर्सको दरबन्दी भए पनि अहिले चार जनामात्रै कार्यरत छन्। ‘अस्पतालमा अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अभाव छ’, कँडेलले भने। कुनै समय सुदूरपश्चिम क्षेत्रमा राम्रै पहिचान बनाएको डडेल्धुरा अस्पतालले हाल दिँदैआएको सेवा सुविधा सन्तोषजनक नभएको स्थानीयवासी बताउँछन्।

सङ्घ मातहत राखिए पनि त्यसअनुसार जनशक्ति र भौतिक पूर्वाधारमा सरकारले ध्यान नदिँदा उपचार सेवा प्रभावकारी हुन सकेको छैन। ‘कहिले प्रदेश त कहिले संघीय सरकार मातहत राखिएको प्रचार भयो’, डा. कँडेलले भने, ‘तर अस्पतालमा सेवासुविधा र गुणस्तर सुधार गर्नेतर्फ भने कसैले ध्यान दिएका छैनन्।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार