मेसिन अभावमा हुन सकेन एनिमियाका बिरामीको उपचार
नेपालगञ्ज : भेरी प्रादेशिक अस्पतालमा ‘सिकलसेल एनिमिया’ जाँच गर्ने मेसिन‘ एचबी इलोक्ट्रोफोरेसिस’ तीन महिनादेखि बिग्रेको अवस्थामा छ ।
मेसिनमर्मत गरी सञ्चालनमा नल्याउदा उपचारका लागि अस्पताल पुग्ने बिरामी निराश भएर फर्किनु परेको छ। अस्पतालका सूचना अधिकारी डा. सङ्केत रिसालले फागुन महlनादेखि बिग्रेको मेसिन दक्ष इन्जिनियर अभावका कारण मर्मत हुन नसकेको बताए।
सो अस्पतालको सामाजिक सेवा इकाइमा हाल ६६५ जना सिकलसेल एनिमियाका बिरामीलाई विपन्न नागरिक उपचार निर्र्देिशका अनुसार एक लाख रूपैयाँ बराबरको निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको डा. रिसालले जानकारी दिए।
यसैबीच, यहाँस्थित सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले मेसिन बिग्रनुको कारण र मर्मत वा नयाँ खरिद प्रक्रियाका बारेमा अस्पतालसँग सूचना माग गरेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?