झापामा देखियाे कालाजार
झापा : भद्रपुरमा कालाजारका बिरामी फेला परेका छन्। दुई वर्षअघि यहीँ देखा परेको कालाजार फेरि देखिएपछि स्वास्थ्यकर्मीले नियन्त्रण तथा रोकथाम अभियान शुरु गरेको छन्।
साबिक चन्द्रगढी हाल भद्रपुर १० स्थित फुचुटोलका तीनजनामा कालाजार पाइएको भद्रपुर नगर स्वास्थ्य शाखाका प्रमुख पुष्कर निरौलाले जानकारी दिए। भद्रपुर १० निवासी ४५ वर्षीय बोगल हेमराम, ३० वर्षीया जुली हेमराम र २७ वर्षीय आइतबार टुडुमा कालाजार भेटिएको छ।
करिब एक साताअघि गाउँका दुईजनामा कालाजार भेटिएको र उपचार गर्न अस्पतालसमेत जान नमान्ने उनीहरूलाई स्वास्थ्य शाखाको पहलमा मेची अञ्चल अस्पताल भद्रपुरमा भर्ना गरिएको हो। त्यसपछि गाउँमा बस्ने अन्य केही व्यक्तिलाई शंका लागि स्वास्थ्य परीक्षण गर्दा टुडुमा पनि कालाजार भेटिएको हो।
अहिले टुडुको पनि अस्पतालमा उपचार भइरहेको छ। नगर स्वास्थ्य शाखाप्रमुख निरौलाका अनुसार करिब दुई वर्षअघि साबिक महेशपुर हाल भद्रपुर ३ स्थित कोदागाउँको सन्थाल बस्तीका एकजनामा कालाजार भेटिएको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?