स्वास्थ्य संस्थामै सुत्केरी
कालिकोट : रास्कोट नगरपालिकाले सबै महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी गराउने भएको छ। जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहलगायत सरोकारवालाको सहभागितामा रास्कोटमा स्वास्थ्यसंस्थामा सुत्केरी गराउने अभियान थालिएको हो।
घरमा सुत्केरी हुँदा महिलाले उच्च रक्तस्राव, रक्तअल्पता, साल अड्किने, पाठेघर खस्ने समस्या बेहाेर्नुपर्ने र घरायसी हतियारले नाभी काट्दा बच्चा तथा आमाकाे ज्यान नै जोखिममा पर्ने भएकाले नगरपालिकाको पहलमा स्वास्थ्य संस्थामै सुत्केरी गराउने अभियान सञ्चालन गरेएको स्वास्थ्य शाखा प्रमुख हंसराज बरालले बताए।
यससँगै जनप्रतिनिधि, राजनीतिक दल, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहलगायत वडाका ११ वटा टोल र ३८५ घरमा सचेतना जोगाउन अभियान थालिएको छ। नगरपालिकाले मासिक १० हजार तलब दिने गरी स्वास्थ्य स्वयंसेवक खटाएको छ। उनीहरूले वडामा रहेका गर्भवती, सुत्केरी महिला, पाँच वर्षमुनिका बालबालिकाको विवरण संकलन गर्नेछन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?